काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संसदमा जारी गतिरोध हटाउनका लागि सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताउनु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रिय प्रचार विभागले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरलले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुको सूचना जारी नगर्ने गल्ती सभामुखले गरेकाले त्यसलाई सच्याउने वा राजीनामा दिने काम भएमात्रै संसदको गतिरोध अन्त्य भएर जाने पनि स्पष्ट पार्नु भयो । महासचिव पोखरेलले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदको अवरोध नहटेसम्म एमसीसीलगायतका कुनै पनि विजनेस संसदमा प्रवेश गर्न नसक्ने बताउनु भयो ।
अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको पनि महासचिव पोखरेलले बताउनु भयो । नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उहा“लाई जिम्मेवारी दिने पोखरेलको भनाइ थियो । तर त्यस्तो जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीस“ग छलफल गर्न सक्ने धारणा राख्दै हाललाई रावल नीतिगत रुपमा पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य रहनु भएको महासचिव पोेखरेलले जानकारी दिनु भयो । उहा“ले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी गर्नुभयो । महासचिव पोखरेलले समक्ष नेताहरुको विशाल पंक्ति भएकाले जिम्मेवारी दिने कुरामा तलमाथि भएपनि पार्टीका नेताहरुको कार्य विभाजनमा कुनै पनि प्रकारणको विभेद नरहेको बताउनु भएको हो । एकसेएक नेताहरु भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भए पनि त्यसलाई नै लिएर पूर्वमाओवादी वा दश बू“दे सहमती गरेर आएका नेताहरुको समूहलाई विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाई थियो ।
महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने बताउनु भयो । माधव नेपालहरुले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने उहा“को भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्