ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको अडान : संसद खुलाउन सभामुखले राजीनामा दिनुपर्छ


एबीसी / संवाददाता
पुस २, २०७८ शुक्रबार  ६ : ४८ बजे

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संसदमा जारी गतिरोध हटाउनका लागि सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताउनु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रिय प्रचार विभागले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरलले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुको सूचना जारी नगर्ने गल्ती सभामुखले गरेकाले त्यसलाई सच्याउने वा राजीनामा दिने काम भएमात्रै संसदको गतिरोध अन्त्य भएर जाने पनि स्पष्ट पार्नु भयो । महासचिव पोखरेलले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदको अवरोध नहटेसम्म एमसीसीलगायतका कुनै पनि विजनेस संसदमा प्रवेश गर्न नसक्ने बताउनु भयो ।

अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको पनि महासचिव पोखरेलले बताउनु भयो । नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उहा“लाई जिम्मेवारी दिने पोखरेलको भनाइ थियो । तर त्यस्तो जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीस“ग छलफल गर्न सक्ने धारणा राख्दै हाललाई रावल नीतिगत रुपमा पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य रहनु भएको महासचिव पोेखरेलले जानकारी दिनु भयो । उहा“ले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी गर्नुभयो । महासचिव पोखरेलले समक्ष नेताहरुको विशाल पंक्ति भएकाले जिम्मेवारी दिने कुरामा तलमाथि भएपनि पार्टीका नेताहरुको कार्य विभाजनमा कुनै पनि प्रकारणको विभेद नरहेको बताउनु भएको हो । एकसेएक नेताहरु भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भए पनि त्यसलाई नै लिएर पूर्वमाओवादी वा दश बू“दे सहमती गरेर आएका नेताहरुको समूहलाई विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाई थियो ।

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने बताउनु भयो । माधव नेपालहरुले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने उहा“को भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सम्बन्धित

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com