ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस निर्वाचन : सहमहामन्त्रीको परिणाम सार्वजनिक, सभापति देउवा र उपसभापति खड्का बाहेक सबै नया अनुहार


एबीसी / संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मतगणना भइरहेका पांच सहमहामन्त्रीको परिणाम सार्वजनिक भएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार पिछडिएको क्षेत्र समूहबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित हुनुभएको छ । शेखर कोइराला समूहबाट उम्मेदवारी दिनुभएका पाण्डेले २ हजार ४ सय ११ मत ल्याएर विजयी हुनुभएको हो । पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गर्नुभयो । देउवा प्यानलका शाहीले २ हजार १ सय ३३ मत ल्याउनुभएको छ भने अर्का उम्मेदवार चेतराज बरालले ९९ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ । यसअघि शेखर प्यानलकै जीवन परियार दलितको क्लस्टरबाट विजयी हुनुभएको थियो । योस“गै शेखर प्यानलबाट सहमहामन्त्रीमा दुई जना विजयी भएका छन् ।

यसैगरी खस आर्यतर्फ सहमहामन्त्रीमा किशोरसिंह राठौर र मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका अनुसार शेख वकीललाई ९०१ मतान्तरले हराउ“दै मन्सुर विजयी बन्नुभएको हो । मन्सुरले २ हजार ७ सय ७६ र वकीलले १ हजार ८ सय ७५ मत प्राप्त गर्नुभएको छ । यस्तै खसआर्यतर्फ किशोरसिंह राठौरले २ हजार ५ सय ७६ मत ल्याएर शेखर प्यानलका देवराज चालिसेलाई पराजित गर्नुभएको हो । चालिसेले २ हजार ५९ मत पाउनुभएको छ । यसअघि बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको छ । यसैगरी थारुतर्फको क्लष्टरबाट सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । कृष्ण सिटौलाको कोटाबाट देउवा पक्षका उम्मेदवार उमाकान्तले तेजुलाल चौधरीलाई ८ सय ७९ मतले पराजीत गर्नुभएको हो । निर्वाचित चौधरीले २ हजार ७ सय ५६ र प्रतिस्पर्धी तेजुलालले १ हजार ८ सय ७७ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी मधेशी क्लस्टर अन्तर्गतको सहमहामन्त्री पदमा देउवा समूहका महेन्द्र यादव विजयी हुनुभएको छ । यो स“गै सबै १३ जना नै पदाधिकारीको नतिजा घोषणा भएको छ । घोषित नतिजाअनुसार पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्ण बहादुर खड्का बाहेक सबै पदाधिकारी नया“ हुन् । यसैबीच कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य छान्न आजै सा“झबाट केन्द्रीय सदस्यको मतगणना सुरू गरिएको छ । निर्वाचन समितिका अनुसार अहिले मधेसी महिला केन्द्रीय सदस्यको मतगणना शुरु भएको छ । प्रदेश २ को प्रदेश अधिवेशन बा“की रहेकाले त्यहा“का नेता तथा कार्यकर्ता प्रदेश जानुपर्ने भएकाले पहिले मधेसी महिलातर्फ केन्द्रीय सदस्यको गणना गरिएको हो । मधेसी महिलातर्फबाट ४ पदमा ५ जना उम्मेदवार छन् । खुला केन्द्रीय सदस्यका लागि भने शनिबारबाट मतगणना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com