काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ। आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही(ज्यापु दिवसको उक्त पर्वका अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने मन्त्रिस्तरीय निर्णय भएको गृह मन्त्रालयले शुक्रबार सूचनामार्फत जानकारी दिएको हो ।
वि सं २०७८ साल पुस ४ गते आइतबारका दिन उधौली पर्व, यमरी पुन्ही–ज्यापु दिवस धान्य पूर्णिमा को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, मन्त्रालयका उपसचिव बसन्त भट्टराईले निकालेको सूचनामा लेखिएको छ, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/०९/०१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्