काठमाडौं । अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशा छोड्नु गलत भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातांै राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्रीसमेत रहेका शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औं शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भिर गल्ती भएको बताउनुभएको हो । प्रचण्डपथभित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उहाँ“को भनाई छ ।
यसलाई केही पनि होइन जस्तोगरी फ्याक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उहा“ले बताउनुभयो । शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गर्दै माओवादीले विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रुपमा अस्पष्ट भएको दावी गर्नुुभयो । उहा“ले पार्टी नेतृत्वलाई दिएको प्राधिकार खोस्नाले पार्टी टुटफुट, विभाजन र कमजोर भएको जिकिर गर्नुभयो ।
उहा“ले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताको पक्षमा नया“ जागरण पैदा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । देशमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै उत्पादन र आत्मनिर्भरताको नेतृत्व गर्नु तथा श्रमको संस्कृति बसाल्नुपर्नेमा उहा“ले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्