ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ घण्टामा थप १८४ मा सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु


एबीसी / संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा पाँच हजार ५२६ पुगेको छ ।

पछिल्लो समय थप २६७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख आठ हजार ८३ पुगेको छ । निको हुने दर ९७।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । दुई सय भन्दा बढी सङ्क्रमित भएका जिल्लाहरूमा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, डोल्पा, हुम्ला र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७।४ प्रतिशत रहेको छ । हाल होमआइसोलेशनमा पाँच हजार २४७, संस्थागत आइसोलेशनमा २७९ आइसीयूमा १११ र भेन्टिलेटरमा २८ जनाको उपचार हुँदैछ ।

कोरोनाबाट दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६७ पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख ४० हजार ५६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड १७ लाख सात हजार १३४ जनाले र पूर्ण मात्रा ९४ लाख ६८ हजार ४८९ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com