ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेस महामन्त्रीको अन्तिम मतपरिणाम : ठूलो मतान्तरमा थापा विजयी


एबीसी / संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित हुनुभएको छ । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा गगन कुमार थापा ३०२३ मत प्राप्त गरि विजयी हुनुभएको हो ।आज भएको मतगणनामा थापा र शर्मा आफ्ना प्रतिष्पर्धिभन्दा ठूलो मतान्तरमा विजयी भएका हुन् । गगन थापाले खसेको मतको लगभग दुइतिहाइ नै मत प्राप्त गर्नुभयो । शेखर कोइराला समूहबाट उठेका थापालाइ जिताउन पूर्वदेखि पश्चिमसम्मका मतदाता उर्लिएको देखियो । महाधिवेशन प्रतिनिधिहरूले प्यानलभन्दा बाहिर गएर दिल खोलेर थापालाइ भोट गरेको देखियो । थापाले ३०२३ मत ल्याए । थापाले आफूसँगै महामन्त्री निर्वाचित हुनुभएका ेविश्वप्रकाश शर्माभन्दा लगभग १२०० मत धेरै ल्याउनुभएको छ ।

अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि ठूलो मतान्तर विजयी हुनुभएको छ । तुलनात्मकरूपमा निकै कमजोर देखिएको प्रकाशमान सिंहको प्यानलबाट चुनावी मैदानमा उत्रिएको शर्माप्रति प्रतिनिधिको असीम माया देखियो । शर्मा देउवा समूहका प्रकाशशरण महत र प्रदीप पौडेलभन्दा ३५० भन्दा धेरै मतान्तरमा विजयी हुनुभयो । शर्माले २२४६ मत ल्याए भने उहांसँग दौडिरहेका डा प्रकाशशरण महतले १५५० मत पाउनुभयो भने प्रदीप पौडेलले १४०९ मत पाउनुभयो । महत र पौडेल शेरबहादुर प्यानलका उम्मेदवार हुनुहुन्थ्यो ।

काँग्रेसको नेतृत्वमा आएका थापा र शर्मालाइ नेपाली राजनीतिको बदलिँदो अबस्थाको प्रतीकका रूपमा हेरिएको छ । बुढाहरूको पार्टि भनेर चिनाइने काँग्रेसको नेतृत्वमा आएका प्रभावशाली युवा नेताहरूका कारण काँग्रेसका आगामी दिन उज्वल बनेको पनि अनुमान गरिन थालेको छ । काँग्रेस उपसभापतिमा पनि युवानेता धनराज गुरूङ विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com