काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नया“ कोभिड भेरियन्ट ओमिक्रोन विश्वका धेरैजसो देशमा पुगिसकेको हुन सक्ने बताएको छ । अहिलेसम्म ७७ वटा देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । ओमिक्रोन निकै उत्परिवर्तित भेरियन्ट भएकाले तीव्र गतिमा फैलिरहेको र अरू धेरै देशमा पनि पुगेको हुन सक्ने डब्ल्यूएचओ प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो । उहा“ले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको पनि बताउनुभएको, बीबीसीले जनाएको छ ।
ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको भन्दै उहा“ले ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसले कमजोर स्वास्थ्य प्रणालीका लागि चाप बन्न सक्ने बताउनुभयो । ओमिक्रोन भेरिएन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । यसस“गै कैयौ“ देशले दक्षिण अफ्रिका र उसका छिमेकी देशस“ग यात्रा प्रतिबन्ध लगाए पनि सङ्क्रमण फैलन रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्