ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ए’ डिभिजन लिग : पुलिसलाई हराउँदै संकटा शीर्ष चारमा


एबीसी / संवाददाता
मंसिर २७, २०७८ सोमबार  ३ : ३३ बजे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । संकटालाई जित दिलाउन निरज बस्नेतले निर्णायक गोल गरे ।निरजले खेलको १८ औं मिनेटमा गोल गरेका हुन् । लक्ष्मण रुचालको कर्नरमा उनले डाइभिङ हेडमार्फत सुन्दर गोल गरे । निरजको लिगमा यो तेस्रो गोल हो । यस गोल जारी लिगको ५० औं गोल समेत हो । निरजले निर्णायक गोल गरेपनि खेल अवधिभर संकटा हाबी रह्यो । सुरुवातबाटै संकटाले पुलिसविरुद्ध आक्रामक खेल पस्कियो ।

दोस्रो मिनेटमै सुवास गुरुङको क्रसमा संकटाका जोर्डन जुनियरले सिक्स यार्ड बक्सबाट बाहिर प्रहार गरे । खेलको चौंथो मिनेटमा संकटाले गोलको अवसर गुमायो । जोर्डनको क्रसमा फरवार्ड फोडे फोफानाको हेडर क्रसबार भन्दा केहि माथिबाट बाहिरियो ।दशौँ मिनेटमा संकटाका जोर्डनको प्रहार गोललाइन नजिकै रहेका पुलिसका डिफेन्डरलाई लाग्दै फर्किएको थियो । लगत्तै फोफानाको क्रसमा अनमार्क रहेका लक्ष्मणको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले पन्च गर्दै गोल हुनबाट जोगाए । तुलनात्मक रुपमा पुलिसले गोलको अवसर कम सिर्जना गर्यो । तर, ४३ औं मिनेटमा पुलिसले गोलको सुनौलो अवसर गुमायो ।

संकटाका निरजले क्लियर गर्न खोजेको बलमा सिक्स यार्ड बक्स भित्रबाट सुमन लामाको एक्रोब्याटिक प्रहार संकटाका गोलकिपर राजा बाबु थापाले उत्कृष्ट बचाउ गरे । यस जितसँगै संकटा लिगको चौंथो स्थानमा उक्लिएको छ । संकटाले ४ खेलमा ८ अंक जोडेको छ । संकटाको यो लिगमा दोस्रो जित हो ।पुलिसले भने लिगमा पहिलो हार व्यहोरेको छ । पुलिसले ४ खेलमा ५ अंक जोडेको छ । पुलिस लिगको आठौं स्थानमा झरेको छ । खेलमा संकटाका निरज म्यान अफ दि म्याच चुनिए ।संकटाकै रोशन पहारी इमर्जिङ प्लेयर चुनिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com