ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम २ अर्बमा खुम्चियो


एबीसी / संवाददाता
मंसिर २३, २०७८ बिहीबार  ५ : ५७ बजे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५.८४ अङ्कले ओरालो लागेर दुई हजार ४४९.९७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले उकालो लागेर ४६५.२३ मा पुगेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सुस्ताएको छ । कूल २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर रु दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख ८० हजारको हाराहारीमा पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १८.७७, अन्य ४.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.१२ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ २.३५, व्यापार १९.३४, विकास बैङ्क २१.९२, जलविद्युत् १७.०१, वित्त १६.२८, निर्जीवन बीमा ६०.२७, उत्पादन २१.२९, लघुवित्त २५.१७ र जीवन बीमा ३४.४३ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु आठ करोड ८५ लाख ५२ हजार २०५ बराबरको कारोबार भयो ।
यस्तै, अपि पावर कम्पनी रु आठ करोड ६२ लाख २१ हजार ९०९, नबिल बैङ्क रु आठ करोड १४ लाख चार हजार ३९१, महालक्ष्मी विकास बैङ्क रु आठ करोड सात लाख २९ हजार र नेशनल हाइड्रोपावर रु सात करोड ३८ लाख दुई हजार ६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार सिनर्जी पावर ४.५५, लक्ष्मी इक्विटी फण्ड ४, सपोर्ट माइक्रोफाइनान्स ३.४४,सिंगटी हाइड्रोपावर ३.२४ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३.१७ प्रतिशतले कमाए । यस्तै, सामुदायिक लघुवित्त ५.८२, श्री इन्भेस्टमेन्ट फाइनान्स ५.१४, एनआइसी एशिया लघुवित्त ४.११, घलेम्दी हाइड्रोपावर ४.०२ र सबैको लघुवित्तका लगानीकर्ताले ३.९३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com