ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगेश भट्टराईले स्थापना गरे ५ लाखको अक्षयकोष


एबीसी न्यूज

योगेश भट्टराईले स्थापना गरे कलाकार र पत्रकारलाई ५ लाखको अक्षयकोष

काठमाण्डौे २२ पौष । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जिल्लाका संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

निर्वाचनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्न राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले सो कोषको घोषणा गरेका हुन् । उनले ताप्लेजुङ संगीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका विभिन्न भागमा रहेका संगीत प्रेमीलाई सोही कोषमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् । उनले संगीत प्रतिष्ठानका लागि सुरुमा तीन लाख रुपैयाँ कोषमा राखेका हुन् । जिल्लाको गीत संगीत क्षेत्रको विकासका लागि स्थापना भएको यो नै पहिलो कोष हो ।

त्यस्तै पत्रकारिता क्षेत्रको विकास र जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि दुई लाख रुपैयाँको अक्षय कोष घोषणा गरेका छन् । जिल्लास्तिथ पत्रकारसंग सम्बन्धित संस्था तथा पत्रकार महासंघमार्फत पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम, गोष्ठी तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी उनले दिए । पत्रकारितालाई व्यवसायीक बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि महत्वपूर्ण भएको उल्लेख गर्दै कोष स्थापना गरेको उनले बताए । कोषको रकम क्रमस बढाउने योजना छ ।

कार्यक्रममा भट्टराईले अब देश विकासका लागि आर्थिक समृद्धिको अभियान छेड्नुपर्ने उनले दोहोर्याए । ताप्लेजुङ जिल्लामा विकासका हजारौं संभावना रहेको औंल्याउदै अब आफूले अभियानका रुपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अमेरिकाको इरानसँगको युद्ध र सम्भावित खतरा

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com