ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगेश भट्टराईले स्थापना गरे ५ लाखको अक्षयकोष


एबीसी न्यूज
पुस २२, २०७४ शनिबार  ७ : २९ बजे
योगेश भट्टराईले स्थापना गरे कलाकार र पत्रकारलाई ५ लाखको अक्षयकोष

काठमाण्डौे २२ पौष । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जिल्लाका संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

निर्वाचनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्न राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले सो कोषको घोषणा गरेका हुन् । उनले ताप्लेजुङ संगीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका विभिन्न भागमा रहेका संगीत प्रेमीलाई सोही कोषमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् । उनले संगीत प्रतिष्ठानका लागि सुरुमा तीन लाख रुपैयाँ कोषमा राखेका हुन् । जिल्लाको गीत संगीत क्षेत्रको विकासका लागि स्थापना भएको यो नै पहिलो कोष हो ।

त्यस्तै पत्रकारिता क्षेत्रको विकास र जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि दुई लाख रुपैयाँको अक्षय कोष घोषणा गरेका छन् । जिल्लास्तिथ पत्रकारसंग सम्बन्धित संस्था तथा पत्रकार महासंघमार्फत पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम, गोष्ठी तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी उनले दिए । पत्रकारितालाई व्यवसायीक बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि महत्वपूर्ण भएको उल्लेख गर्दै कोष स्थापना गरेको उनले बताए । कोषको रकम क्रमस बढाउने योजना छ ।

कार्यक्रममा भट्टराईले अब देश विकासका लागि आर्थिक समृद्धिको अभियान छेड्नुपर्ने उनले दोहोर्याए । ताप्लेजुङ जिल्लामा विकासका हजारौं संभावना रहेको औंल्याउदै अब आफूले अभियानका रुपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com