ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएइसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त


एबीसी / संवाददाता

काठमाडौं । संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपाल युएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । त्यस्तै युएई भने अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टि २० ग्लोबल छनोटमा पुगेको छ ।

१२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ४ ओभरमा जम्मा ७९ रन समेटियो । नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा ३ चौकासहित सर्वाधिक १३ रनमा आउट भइन् । इन्दु र सीताबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।त्यस्तै कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोेशी १ र करुणा भण्डारी २ रनमा आउट भए भने काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ तथा करुणा भण्डारी २ रनमा आउट भए ।

बलिङतर्फ युएईकी समायरा धरणीरकाले ४ विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए । चया मुगलको नाममा १ विकेट लिए । त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । युएईकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रनको योगदान दिइन भने थ्रीथा सतिसले ४७ रन जोडिन । काभिसा इगोडागेले २२ रन जोडिन् ।

नेपालका कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र सङ्गीता राईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा कुवेतलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । युएई ५ खेलमा १० अङ्कका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जीत र २ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश (पूर्णपाठ)

काठमाडौं, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको

देउवाको निर्देशन गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्

काठमाडौं, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन्। सोमबार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

पोखरा, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे

सम्बन्धित

ईपीएल : चेल्सी र टोटन ह्यामको बराबरी, वेष्ट ह्यामविरुद्ध नटिङ्घमको जित

भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी

साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जासपद हार

लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि

साफ यु २०ः नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४–० ले पराजित

नेपाली रेफ्रीद्वय लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क जाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...