ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले महाधिवेशन : केपी शर्मा ओली सर्वसम्मतिको प्रयासमा, भीम रावल प्रचार प्रसारमा


एबीसी / संवाददाता
मंसिर १२, २०७८ आईतबार   ३ : १७   बजे

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन अन्तरगत आज तेस्रो दिन बन्द सत्र सुरू हु“दैछ । गएरातिको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीमा राख्ने सदस्य चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । आजको बन्दसत्रमा उनले नाम प्रस्तुत गर्ने बताइएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा सबैजसो प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरे पनि अध्यक्षका प्रत्यासी भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालले भने विरोध जनाउनुभएको छ । अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका रावललाई मिलाउन नेताहरुले सुझाव दिएका छन् ।

आज बिहान भेटन गएका उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यसंग ओलीले रावललाई मिलाउने प्रयास गरिरहेको जानकारी दिनुभएको बताइएको छ । दुई नेताको विरोध रहेपनि हिजोको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार ओलीलाई दिएको छ । आज ओलीले नया“ नेतृत्वको सहमतिको नामावली पेस गर्नुहुनेछ । ओलीको प्रस्ताव सर्वसम्मतिबाट अनुमोदन हुने नेता विष्णु रिजालले दाबी गर्नुभयो । तर ओलीको प्रस्तावमा कसैले असन्तुष्टि जनाए त्यो पदमा चुनाव हुने उहा“को भनाइ छ । सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने आमकार्यकर्ताको भावनाअनुसार हिजोको बन्द सत्रले यसको अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको उहा“ले बताउनुभयो । नेता रिजालकाअनुसार भीम रावल र घनश्याम भुसालसंग सहमतिको प्रयास भइरहेको छ ।

अन्तिमसम्ममा उहाँहरु पनि सहमतिमा आउने र सहमति हुन नसकेमा मात्रै चुनाव हुने उहा“ले बताउनुभयो । विधान संशोधन पारित भएसंगै एमालेको पदाधिकारी अब १९ सदस्यीय पुगेको छ । १९ जना पदाधिकारीमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ जना उपाध्यक्ष रहनेछन् । साथै १ जना महासचिव र ३ जना उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् । केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बन्नेछ । अस्ति शुक्रवार चितवनमा सुरु भएको एमालेको १० औं महाधिवेशन आज सक्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group