काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई षड्यन्त्र गरेर हटाइएको बताउनुभएको छ । रोल….
चितवनको सौराहामा जारी एमालेको दशांै महाधिवेशन अन्तर्गतको बन्द सत्रलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरु जनादेश अभावमा सरकारबाट नहटेको बताउनुभयो । ’जनादेश नपाएर, जनताको समर्थन अभावमा वा कार्य क्षमता र असफलताका कारण आफूहरु सरकारबाट हटेको नभएर हटेको नभएर षडयन्त्रका कारण संवैधानिक र अलोकतान्त्रिक ढंगले सरकारबाट हटाइएको गुनासो गर्नुभयो ।
अध्यष ओलीले सबै प्रतिकूलतास“ग जुध्न पार्टी सक्षम रहेको बताउनुभयो । चुनौतीको सामना गर्न परिस्थितिलाई सच्याएर अघि बढ्न तयार छ भन्दै उहा“ले हिजोको जनसहभागिताले यसबीचमा दुई पटक पार्टी फुटे पनि आफूहरु कमजोर नभएको देखाएको दावी गर्नुभयो । एमाले सरकारबाट बाहिरिएपछि देश अस्थिरतातर्फ अघि बढेको उहा“ले बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा गठनताकाका करा गर्दै पार्टीका नीति र योजना कार्यान्वयनका लागि माओवादी केन्द्रस“ग मिलेको बताउनुभयो । तर सरकार बनाएको र पार्टी एकता गरेकै दिनबाट षड्यन्त्र भएको उहा“को भनाइ थियो । उहा“ले आफ्नो पार्टी भित्रका अनेक व्यक्तिहरूलाई भड्काउने क्रियाकलाप भएको र पार्टी श्रृंखलाबद्ध हमलाको क्रमश शिकार हुदै अन्तत विभाजन गराइएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्