ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली बालकोटमा प्रचण्डलाई कुरेर बसे, तर किन आएनन् प्रचण्ड ?


एबीसी न्यूज

काठमाण्डौं, २२ पुस । एमाले–माओवादी एकता प्रक्रियामा सुस्तता देखिएका बेला शनिबार हुने भनिएको दुई दलका शीर्ष नेताको छलफल हुन सकेन ।

एमाले अध्यक्ष केपी ओलीको अस्वस्थताका कारण यो साता दुई दलबीच औपचारिक संवाद हुन सकेको छैन । ओलीको स्वास्थ्यमा सुधार आएपछि शनिबार ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भनिएको थियो । गृहजिल्ला चितवनमा रहेका प्रचण्ड जहाज उड्न नसकेका कारण काठमाण्डौ आउन सकेनन् । भरतपुर महानगरपालिकाको कार्यक्रममा सहभागी हुन उनी चार दिनअघि चितवन गएका थिए । यसबीचमा उनले औपचारिक कार्यक्रमबाहेक मतदाता, एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट र पारिवारिक भ्रमणम गरे ।

शनिबार काठमाण्डौ आएर एमाले अध्यक्ष ओलीसँग भेट्ने कार्यक्रम भए पनि भिजिबिलिटी कम भएका कारण जहाज उड्न नसक्दा चितवनमै रोकिनुपरेको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । ‘आज (शनिबार) काठमाण्डौ जाने र एमाले अध्यक्ष कमरेड केपी ओलीसँग पार्टी एकतासहित राष्ट्रिय राजनीतिका विविध विषयमा छलफल गर्ने भन्ने थियो’, महराले भने, ‘खराब मौसका कारण जहाज उड्न नसक्दा हामी यतै (चितवन) रोकियौं ।’ उनले मौसममा सुधार भए आइतबार आउने र ओलीसँग भेटभाट हुने जनाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com