काठमाडौं । बृहत नागरिक आन्दोलनमा सक्रिय पत्रकार नारायण वाग्लेले सर्वोच्च अदालतबाट सुरु भएको न्याय मार्चको बालुवाटारमा समापन गर्दै उहांले प्रधानमन्त्री शेरबहादुर देउवा एक महिनादेखि बालुवाटारमा सुतिरहेको टिप्पणी गर्नुभयो ।
एक महिना न्यायालय अवरुद्ध हुँदाखेरि न्यायालको समस्या समाधान गरोस् भनेर बेवास्ता गरेको भन्दै पत्रकार वाग्लेले अक्रोश पोख्नुभएको छ । न्यायालयको समस्यामा प्रमुख राजनीतिक दलका नेताहरु चुप बसेको भन्दै आक्रोश पोख्नुभएको हो । पत्रकार वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकाको समस्यालाई नजरअन्दाज गर्दै फैसला गर्ने सबै न्यायाधीशको राजीनामा मागेको भन्दै विरोध जनाउनुभयो । ‘जसले बुढानीलकण्ठमा सुतिरहेका व्यक्तिलाई पानी छम्केर बालुवाटार ल्यायो । तिनी एक महिनासम्म बालुवाटारमा सुतेको सुत्यै छन् । यदि सुतिरहने हो भने बुढानीलकण्ठ फर्के हुन्छ’ उहाको तर्क गर्नुभयो ।
उहांले ओलीलेलाई राजनीति छाडेर देवघाट जान सुझाव दिनुभयो । ‘नजिकै छ देवघाट छ । नारायणी किनारबाट तपाई देवघाट जानुस् । ५ लाख कार्यकर्ताले १ १ रुपैयाँ उठाए पनि तपाईलाई सुनको कमन्डलु किन्न पुग्छ’ उर्हाले भन्नुभयो । ‘न्याय भन्ने तत्व नै नरहेको जिनिस बनाइसक्दा पनि, मुद्दाहरु सडकमा छरपस्ट भइसक्दा पनि फैसला गर्ने सबैले राजीनामा दिउन् भन्दै न्यायपालिकाप्रतिको आफ्नो जवाफदेहिता र भूमिका बिर्सने नेतालाई म भन्छु । यही सोच्ने हो भने तपाईं काठमाडौं नफर्के हुन्छ’ वाग्लेले भन्नुभयो ।
सडकको मुद्दाको बलमा सत्तामा जाने र गएको भोलिपल्टदेखि प्रतिगमनको मतियार हुने या आफैं प्रतिगमनको सूत्रधार हुने दलहरुलाई बृहत नागरिक आन्दोलनले दबाब दिइरहने पत्रकार वाग्लेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्