ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलन हुने


एबीसी / संवाददाता

काठमाडौं । निर्वाचन आयोगले ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न ४० इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली सङ्कलनलाई निरन्तरता दिँदै स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलन कार्यक्रम सुरु गर्ने भएको छ ।

आयोगले यही मङ्सिर १७ गतेदेखि उल्लेखित कार्यालय रहेका स्थानीय तहबाहेकका ६३७ स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलनसम्बन्धी विशेष कार्यक्रम अभियानका रूपमा सुरु गर्न लागेको जनाएको छ । मतदाता नामावली सङ्कलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडाँै उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा ९पौडेल०द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विसं २०७४ मा निर्वाचित स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुन लागेको र प्रचलित कानुनी व्यवस्थाबमोजिम निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएको छ । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका कोही पनि नेपाली नागरिक मताधिकारबाट वञ्चित हुन नपरोस् भनी आयोगले सो अभियान सञ्चालन गर्न लागेको हो ।

सङ्कलन कार्य हरेक जिल्लामा दुई चरणमा हुने भएकाले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । उक्त नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुने विज्ञप्तिमा उल्लेख छ ।

आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ । विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका नागरिकलाई समेत सहज रूपमा मतदाता दर्ता प्रक्रियामा सहभागी गराउन मङ्सिर १७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकको समेत मतदाता नामावली सङ्कलन कार्य सुरु गरिने आयोगले जनाएको छ ।

मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा देशभर करिब दुई हजार ३०० कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । विसं २०७८ पुस २० गतेभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको सङ्कलन कार्य सम्पन्न भइसक्नेछ । विसं २०७७ पुस ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई समावेश गरी आयोगबाट २०७७ साल चैत ४ गते प्रकाशित अन्तिम मतदाता नामावलीबमोजिम देशभर एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम रहेकामा यस कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com