काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएका नेपाली विद्यार्थी डिसेम्बरदेखि अस्ट्रेलिया जान पाउने भएका छन् । अस्ट्रेलिया सरकारले कोभिड १९ महामारीका कारण झण्डै २० महिनादेखि रोकिरहेका विद्यार्थीलाई डिसेम्बर १ देखि प्रवेश दिने निर्णय गरेको हो ।
कोभिड–१९ महामारीपछि २०१९ को मार्चबाट लगाएको प्रतिबन्ध क्रमशः खुकुलो गर्दै लगेको अष्ट्रेलियाले विद्यार्थीका लागि सुरूमा प्रवेश खुला गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री मोरिसनका अनुसार डिसेम्बरदेखि प्रतिबन्धात्मक व्यवस्थालाई थप खुकुलो पार्दै लगिने भएको छ । यस्तै सरकारले अनिवार्य क्वारेन्टिनको व्यवस्थालाई पनि हटाउने भएको छ। तर अष्ट्रेलिया आउने विद्यार्थीले तोकिएका खोपहरू पूर्णमात्रामा लगाएको हुनुपर्नेछ। लामो समयको कोरोना महामारीले यसअघि अष्ट्रेलिया भित्रने जो सुकैले अनिवार्य रूपमा क्वारेन्टानइन बस्नुपर्ने नियय थियो ।
यद्यपी राज्य अनुसार क्वारेन्टिनको नियमभने फरक हुनसक्नेछ । अस्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन र राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थीको सहभागिता जरूरी भएकोले राज्य उनीहरूलाई स्वागत गर्न तयार रहेको प्रधानमन्त्री मोरिसनले जानकारी दिए । करिब पँच हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन् भने अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्