ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक


एबीसी / संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.९० अङ्कले उकालो लागेर दुई हजार ७६५.४३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ अङ्कले उकालो लागेर ५१९.४६ मा पुगेको छ । नेप्से परिसूचक झिनो अङ्कले बढे पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर रु तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने आठ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २.८९, व्यापार १५.८३, होटल तथा पर्यटन १४९.७६, जलविद्युत् १०.९२, निर्जीवन बीमा ९९.४८, अन्य २७.६५, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.७२ अङ्कले उकालो लाग्यो । यस्तै, विकास बैंक ३४.९९, वित्त २३.२९, उत्पादन २४.९१, लघुवित्त १४.५७ र जीवन बीमा ७.०८ अङ्कले ओरालो लाग्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ८९ अर्ब ६० करोड ७० लाख ६९ हजार ६८५ मा सीमित भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३४ करोड ४१ लाख २५ हजार ५०२ बराबरको कारोबार भयो । त्यस्तै, दूरसञ्चार कम्पनी रु २९ करोड १८ लाख ६७ हजार ४०६, अरुण काबेली पावर रु १४ करोड ८७ लाख ६७ हजार ९३, हिमाल दोलखा हाइड्रोपावर रु १४ करोड २७ लाख ८३ हजार ४३ र नबिल बैंक रु १२ करोड ४८ लाख ४५ हजार ७६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दा चन्द्रागिरि हिल्स ९.७५, एनआइबिएल प्रगति फन्ड ६.७६, खानीखोला हाइड्रोपावर ५.०३ र नेपाल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ४.०८ प्रतिशतले कमाए । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७०, रिलायन्स फाइनान्स ३.०६, तेह्रथुम पावर कम्पनी २.६०, साना किसान विकास बैंक १.९८ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com