ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतले जनताको विश्वास जितोस् – अध्यक्ष ओली


एबीसी / संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक र एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न, अदालत निष्पक्ष, भरोसायोग्य, स्वतन्त्र र मर्यादित होस्, सेटिङमा नचलोस्, जनताको विश्वास जितोस् भन्नेमात्रै हाम्रो चाहना हो ।”न्याय नपाए गोरखा र काशी होइन, हाम्रौ अदालत जानु भन्ने परिस्थिति बनोस् भन्ने चाहना रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अदालत संविधान लेख्ने र संशोधन गर्ने ठाउँ होइन, व्याख्या गर्ने ठाउँ हो, संवैधानिक अदालतले व्याख्या मात्र गर्ने हो, हेरफेर गर्न र स्पष्ट लेखेका कुरालाई उल्लङ्घन गर्न सक्दैन ।”

राजनीतिमा संलग्न हुन नहुने, तटस्थ बस्नुपर्ने संस्थाका विषयमा सेटिङका विषय आउन हुन्थेन भन्दै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “न्यायमूर्तिले राजनीतिक पूर्वाग्रहबाट होइन, हामीले आन्दोलन गरेर ल्याएका संस्था सुसंस्कृत र लोकतान्त्रिक हुनुपर्छ, लोकतन्त्र भनेको कानुनको राज हो ।” पूर्व उपराष्ट्रपति परमानन्द झाले नेपाली राजनीतिमा सभ्य, शिष्ट र परिस्कृत राजनीतिक नेतृत्व रहेको परिवार दलले देश तथा जनताका हितका लागि काम गरोस् भनी शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, “सबै धर्म र संस्कृतिलाई बराबरी स्थान दिँदै अघि बढेको परिवार दलले नेपाली जनतालाई सुख, दुःखमा साथ देओस्, आगामी निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाओस् ।”

परिवार दल तेस्रो राष्ट्रिय महाधिवेशन तयारी समितिका अध्यक्ष एकनाथ ढकालले ‘सबैखाले विभेदको अन्त्य गरौँ ः सुसंस्कृृृत, समृद्ध र समावेशी नेपालको निर्माण गरौँ’ भन्ने मूल नाराका साथ अधिवेशन गर्न लागेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “देश र जनताका अपेक्षा पूरा गर्न क्रियाशील शान्ति, लोकतन्त्र र संविधान कार्यान्वयनको मूल एजेण्डा बनाएर अघि बढिरहेको छ, वातावरण र मानवबीच सन्तुलन कायम गर्दै वातावरण संरक्षणमा पनि विशेष जोड दिइने छ ।”आम आदमी पार्टी नेता अजय दत्त र जेएनयु युनिभर्सिटीका प्राध्यापक महेन्द्र पी लामाले परिवार दल नेपाली राजनीतिमा उज्यालो काम र ज्ञानको खेती प्रवद्र्धनमा क्रियाशील रहेको बताउनुभयो । महाधिवेशनको सफलताका लागि १५ देशका २७ राजनीतिक दलले पठाउनुभएको शुभकामना प्रस्तुत गरिएको थियो ।

महाधिवेशन उद्घाटनका अवसरमा पार्टीको स्वयंसेवकदस्ता ‘शान्ति बल नेपाल’द्वारा मार्चपास र विभिन्न धर्मगुरुद्वारा सामूहिकरूपमा जलधारा प्रवाह गरिएको थियो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको दुईदिने उक्त महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षसहित १०१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने छ । संविधानसभा निर्वाचनमार्फत दुई सभासद पठाएर संविधान निर्माणमा योगदान पु¥याएको उक्त दलको पछिल्लो निर्वाचनमा सङ्घीय संसद्मा भने प्रतिनिधित्व हुन सकेन । पच्चीस हजार क्रियाशील सदस्य र चुनाव चिह्न साँचो रहेको परिवार दलको मुलुकका ७७ जिल्लामा सङ्गठन विस्तार भइसकेको बताइएको छ ।

देशभरबाट एक हजार ५०० प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधानसुधार आयोगलगायतको विषयलाई पारित गर्ने तयारी गरेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com