ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिद्वारा स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको उद्घाटन


एबीसी / संवाददाता

काठमाडौं । गोरखा भूकम्प’बाट क्षतिग्रस्त बनेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको पुनःनिर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । स्वयम्भूमा आज आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भजन खलःको उद्घाटन गर्नुभयो ।

विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजनकीर्तन हुँदै आएको छ । ज्ञानमाला भजनमार्फत भगवान गौतमबुद्धले दिएका उपदेशलाई नागरिकका माझबाट पु¥याइँदै आइएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले ज्ञानमाला भजन खलःले ऐतिहासिक विरासत बोकेको र त्यसले समाजलाई जागृत गर्दै आएको बताउनुभयो । उहाँले ज्ञानमाला भजन खल स्थापनाको प्रमुख उद्देश्य समाजमा शान्तिका प्रवद्र्धक भगवान बुद्धको शाश्वत उपदेशको प्रवद्र्धन गरी सद्भाव, सहिष्णुता र सामाजिक चेतना फैलाउनु, नागरिकलाई साक्षर बनाउनु तथा सांस्कृतिक जागरण ल्याएर महिला हकहितका पक्षमा गोलबन्द गर्नु रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले प्रकृति र संस्कृति एकअर्काका परिपूरक भएको उल्लेख गर्र्दै जनताका आस्थाका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरको सम्वद्र्धन गर्न र त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्न आवश्यक रहेको बताउनुभयो । “प्राकृतिक र सांस्कृतिक सम्पदा स्थलको स्वच्छता र कलात्मक सौन्दर्यतामा जोड दिँदै त्यसको मौलिकपनलाई जोगाउन आवश्यक रहन्छ”, उहाँले भन्नुभयो, “यसका निम्ति यस क्षेत्रमा रहेका प्राकृतिक विज्ञान सङ्ग्रहालय, ज्ञानमाला भजन खलः लगायत संस्थाले प्रकृति र संस्कृतिको संरक्षणमा ध्यान दिनुहुनेछ भन्ने लागेको छ ।” उहाँले ऐतिहासिक पुरातत्विक सम्पदाका रुपमा रहेको भजन खलःको पुनःनिर्माणमा सहयोग पु¥याउने नेपाल सरकारलगायत सबैलाई धन्यवाद दिनुभयो ।

काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय कला, भाषा, संस्कृतिको संरक्षणमा महानगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले भजन खलः पुनःनिर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com