ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा चिसोले कठ्याग्रिंएर ६ जनाको  मृत्यु


एबीसी न्यूज

सप्तरी, २२ पुस । विगत एक सातादेखी बढेको अत्याधिक चिसोका कारण कठ्याग्रिंएर सप्तरीमा तीन जनाको मृत्यु भएको छ । यो सँगैै सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्लाको महदेवा गाँउपालिका वडा नं. २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादब शुक्रबार बिहान घर नजिकैको नहरको डिलमा शौच गर्न जाँदा चिसोका कारण ढलेका थिए । ढलेको देखेर स्थानियहरुले उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको स्थानिय रामदेव यादबले जानकारी दिएका छन् ।  यस्तै बुधवार राजबिराज नगरपालिका वडा नं। ११ झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग र बिहीबार वडा नम्वर २ का ६० वर्षकी नाजो बेगमको मृत्यु भएको वडा २ का अध्यक्ष अरुण यादबले जानकारी दिएका छन् ।

यसअघि सोमवार र मंगलवार जिल्लाको छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय र सोही वडाका ३५ वर्षीय रामदयाल राम तथा एक साता अगाडी सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको वडाध्यक्ष बिनोद यादबले जानकारी दिएका छन् ।

यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लामा चिसोका कारण कुनै मानविय क्षति नभएको दाबी गरेका छन् । प्रजिअ पाण्डेयले हालसम्म जिल्लामा ६ हजार कम्बल र ५ हजार म्याट वितरण भइसकेको र कुनै मानविय क्षति नभएको दाबी गरे । उनले चिसोबाट अति प्रभावित जिल्लाका छिन्नमस्ता गाउँपालिकामा ५ सय कम्बल बितरण गरिएको तथा राजविराज, हनुमाननगर, महदेवा लगायतका क्षेत्रमा समेत कम्बल र म्याट वितरण गरिएको बताए । त्यस्तै बालबालिकाका लागि न्यानो झोला सम्पूर्ण स्थानिय तहलाई हस्तान्तरण गरि वितरण गर्न १८ वटै स्थानिय तहका प्रमुखहरुलाई निर्देशन दिएको जानकारी दिए ।

उनले चिसोबाट बच्नका लागि विभिन्न स्थानमा वन कार्यालयको सहयोगमा दाउरा बाल्ने प्रहरी, सेनाको सहकार्यमा कार्य सूचारु गरिसकेको दाबी गरे । यता चिसो हावासंगै शितलहरी बढेपछि बिहीवारदेखी सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ भने निजि विद्यालयहरु संचालन नै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com