ओखलढुंगा । ओखलढुंगामा एकादशी मेलाका तीर्थालु बोकेको जिप दुर्घटना भएको छ ।
जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । च्यानमबाट चम्पादेवी ककनी जा“दै गरेको जिप आज बिहान सुनकोशी गाउ“पालिकामा दुर्घटना भएको हो । एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जीप सुनकोशी गाउँपालिका–९ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्