ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीका ९५ डिएसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)


एबीसी / संवाददाता

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ ।नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी कार्यालय काठमाडौँमा कौशलकुमार बुढाथोकी, प्रहरीवृत्त बालाजुमा गौतम मिश्र र प्रहरीवृत्त थानकोटमा डिल्लीनारायण पाण्डेलाई सरुवा गरिएको छ । यस्तै प्रहरीवृत्त दरबारमार्गमा विश्वराज खड्का, प्रहरीवृत्त जगाती भक्तपुरमा रामबहादुर केसी, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रामहरि पाण्डेलगायत अन्य प्रहरी नायब उपरीक्षकलाई विभिन्न जिल्ला तथा प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरूवा भएको छ। उनको सट्टामा केन्द्रीय अनुसन्धान ब्युरोका अनिल घिमिरेलाई पठाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर अन्वेषण योजना शाखामा सरूवा भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका अनन्त राम शर्माको सिंहदरबार सुरक्षा गणमा सरूवा भएको हो।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुपम श्रेष्ठको प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरूवा भएको छ। इलाका प्रहरी कार्यालय ईटहरीका अर्जुन केसीको काभ्रेस्थित मानवस्रोत व्यवस्थापन शाखामा सरूवा भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका इन्द्रबहादुर मल्लको नेपाल प्रहरी विशेष सुरक्षा गण, सुर्खेतमा सरूवा गरेको हो। प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका कृष्णराज ओझाको केन्द्रीय अनुुसन्धान ब्युरो पिलर २ आर्थिक अपराध अनुसन्धान शाखामा सरूवा भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com