काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट ३ सय १ जना र एन्टिजेन परीक्षणबाट १६ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ९ हजार ६ सय ९ पीसीआर र ३ हजार ४४ एन्टिजेन परिक्षण गरिएको थियो ।
यसैगरी विगत २४ घण्टामा २ सय ७९ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा ६ जनाको निधन भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ५३ जना छन् । जसमा काठमाडौंमा १ सय १० जना, ललितपुरमा ३६ जना र भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ७ हजार ५ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्