काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशन स्थलको अवलोकन भ्रमण गर्नुभएको छ ।
आज पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमाले महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेको हो ।
पार्टीका महासचिव ईश्वर पोखरेल स“गै नेताहरु विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका शीर्ष नेताहरु महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका छन् ।
उहा“हरुले महाधिवेशनको बन्दसत्र हुने सौराहमा पनि स्थलगत अवलोकन गर्नुभएको हो । महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन पुगेको बताउ“नु भयो ।
प्रतिक्रिया दिनुहोस्