काठमाडौं । नेपालमा सवारी साधन चलाउन नयाँ चालक अनुमतिपत्र अर्थात लाइसेन्सका लागि आवेदन दिनेको संख्या ७ लाख नाघेको छ । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि कात्तिक ८ गते आवेदन खुल्यो, तर त्यसपछि करिब एक हप्ता प्रणाली प्रभावित भयो । पहिलो आवेदन दिएर परीक्षा कुरिरहेकासहित लाइसेन्सका लागि आवेदन दिनेको संख्या ७ लाख नाघेको यातायात व्यवस्था विभागले जनाएको छ ।
कतिपय कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप देखिएको छ । काठमाडौंका लाइसेन्स कार्यालयहरुमा बढी सेवाग्राहीले आवेदन गरिररहेका छन् । नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी छ । तर, अहिलेसम्म विभागले पुरानै पद्धतिबाट परीक्षा लिइरहेको छ । कतिपय कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप देखिएको छ । काठमाडौंका लाइसेन्स कार्यालयहरुमा बढी सेवाग्राहीले आवेदन गरिररहेका छन् । नयाँ व्यवस्थाअनुसार अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।
लिखित परीक्षामा अब ४र४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।
प्रतिक्रिया दिनुहोस्