ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिमतको कदर नगरे ठूलो दुर्घटना हुनसक्छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
पुस २१, २०७४ शुक्रबार  ६ : ४१ बजे

चितवन,२१ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताले दिएको अभिमतलाई सही ढंगले देश निर्माणमा लगाउन नसके ठूलो दुर्घटना हुनसक्ने बताएका छन् ।

भरतपुरमा चितवन उधोग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशले निकै अप्ठ्याराहरु पार गर्दै राजनीतिक क्रान्तिको समापनतर्फ अघि बढेकोले अबका दशकहरु समृद्धिका दशकका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

“हिजो विकास भएन भने अरुलाई दोष दिने ठाउँ थियो, कहिले राजालाई, कहिले अमूक पार्टी या नेतालाई’ प्रचण्डले भने, ‘तर अब त्यो छूट हामीलाई छैन । अब हामीले देशलाई समृद्धितर्फ लैजान सकेनौं भने त्यो निकै ठूलो असफलता हुने छ । त्यसमा कुनै अमुक दल या नेतालाई मात्रै दोष दिने ठाउँ हुने छैन । अब भन्न बाँकी कोही छैन, दोष देखाउन कोही बाँकी छैन ।’

राजनीतिक दलहरुबीचको आपसी सहमति र समझदारीका कारण नेपालमा संविधान निर्माण जस्तो चुनौतीपूर्ण काम सम्पन्न गर्न सकिएको भन्दै प्रचण्डले अबको दिनमा समेत आर्थिक क्रान्तिको स्पष्ट खाका अघि सारेर काम गर्नुपर्ने बताए ।

प्रचण्डले भने, “राजनीतिक परिवर्तन त गर्यौं, यहाँ आइपुग्यौं, अप्ठ्यारो परिस्थितिमा सहमति र समझदारीका साथ संविधान निर्माण गर्यौं, निकै ठूलो चुनौतीको सामना गर्दै सिँगो देशलाई निर्वाचनमा लैजान सफल भयौं । मैले पहाडका जनतालाई पट्यार लाग्ने गरी मधेशका जनतासँग संवादलाई निरन्तरता दिएँ । अथक प्रयासपछि स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको छ । अब अब विकास निर्माणलाई गति दिन सकेनौं भने यो पार्टी, त्यो पार्टी, त्यो नेता होइन, सबैको असफलता हुने छ । देश निकै अप्ठ्यारो स्थितिमा पुग्छ ।”

प्रचण्डले चीन र भारत जस्ता आर्थिक समृद्धितर्फ लम्किरेहा दुबै देशबाट लाभान्वित भएर त्रिदेशीय साझेदारीको रणनीति तर्फ अघि बढ्ने सम्भावना रहेको समेत बताए । राजनीतिक क्रान्तिको समापनसँगै आर्थिक क्रान्तिको माध्यमबाट संसारले उदाहरण दिने गरी विकास र समृद्धितर्फ अघि बढन उनले अपील गरे । “त्यसैले सबैले संकल्प गर्नु जरुरी छ । अबको पाँच वर्षभित्र नयाँ युग आएकै हो भन्ने अनुभूति गराउन सकियो भने आउने दशकहरु समृद्धिको दशकको रुपमा रहने छन् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com