काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट ३ सय ७१ जना र एन्टिजेन परीक्षणबाट १९ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर २ हजार ६ सय ६ पीसीआर र २ हजार ४ सय २० एन्टिजेन परिक्षण गरिएको थियो ।
यसैगरी विगत २४ घण्टामा ४ सय २५ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा ५ जनाको निधन भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ५२ जना छन् । जसमा काठमाडौंमा १ सय १७ जना, ललितपुरमा २० जना र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ७ हजार ६ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्