ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल संवत् एप सार्वजनिक हुने


एबीसी / संवाददाता

काठमाडौं । नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४२ को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाः को राष्ट्रिय प्रतिमामा माल्यार्पण गर्नुहुने भएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज प्रतिष्ठानको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

ने.सं. ११२० अर्थात् २०५६ सालमा शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेसँगै हरेक वर्ष नेपाल संवत्को पहिलो दिन अर्थात् भाईटीकाको अघिल्लो दिन सरकार प्रमुखबाट गरिने कार्यक्रमको सबै तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष प्रतिष्ठानले नेपाल संवत् र शङ्खधर साख्वाःका बारेमा पूर्ण जानकारी समेटिएर तयार पारेको नेपाल संवत् एपः र नेपाल संवत्को पात्रोसमेत प्रधानमन्त्री देउवाद्वारा सार्वजनिक गराउने कार्यक्रम छ ।

यसबारेमा जानकारी दिँदै मानन्धरले अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समय अन्वेषण गर्दै तयार पारेको नेपाल संवत्को पात्रो नेपालकै सबभन्दा पुरानो पात्रोका रुपमा रहेकाले यसलाई वैज्ञानिक रुपमा नै प्रमाणित गर्ने गरी नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्समेत समेटिएर तयार पारेको एपः सार्वजनिक गर्ने बताउनुभयो ।

देवनागरिक लिपि र विक्रम संवत् भारतबाट आयातीत रहेको भन्दै नेपालको आफ्नै संवत्का रुपमा नेपाल संवत्को पात्रोलाई प्रयोगमा ल्याउने गरी यो पात्रोलाई विक्रम संवत् र इस्वी संवत्मा समेत मिति, तिथि सबै मिल्ने गरी एपः तयार भएको जानकारी दिनुभयो । वैज्ञानिक रुपमा नै प्रमाणित गर्दै नेपाल पञ्चायन निर्णायक समिति, ज्योतिष, संस्कृतिविद्, परातत्वविद् र सरोकारवाला निकायहरुसँग छलफल गरेर प्रमाणित गर्दै तयार पारेको पात्रो र एपः लाई व्यवहारमा ल्याउने उहाँले बताउनुभयो ।

केही वर्षयता नेपाल संवत्को पात्रो नै ठाउँअनुसारले फरक हुने र म्हः पूजासमेत एक दिनअगाडि र पछाडि गर्ने गरेकामा अब सबैतिर एउटै पात्रो र एकै दिन म्हः पूजा हुने उहाँको भनाइ छ । नेपाल संवत् नेवारको संवत् नभई सबै नेपाली जनताको साझा संवत् भएकाले यसको प्रचार आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसैगर ज्ञानराम श्रेष्ठको नेतृत्वमा प्रतिष्ठानको बुलेटिन प्रकाशन गरी कार्यक्रममा सार्वजनिक गरिने भएको छ । यस वर्ष आउँदो १९ गते बिहान ९ बजे प्रधानमन्त्री देउवा, मन्त्रीहरु, विभिन्न दलका प्रमुख एवं प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहका प्रमुखहरुको सहभागिता रहनेछ ।

यस वर्ष दोलखा, गोरखा र पोखरामा पनि नेपाल संवत्कै दिन १९ गते भव्यरुपमा शङ्खधर साख्वाः को प्रतिमा माल्यार्पण गर्ने कार्यक्रम तयार भएको छ । पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै दोलखाको चरिकोट बजारमा स्थापना भएको, गोरखा र पोखरामा स्थापना भएको शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com