ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुराष्ट्रिय कम्पनीमाथि १५ प्रतिशत कर लगाउन जी-२० का नेता सहमत


एबीसी / संवाददाता
कार्तिक १४, २०७८ आईतबार  ६ : ०८ बजे

काठमाण्डौ । विश्वका प्रमुख अर्थतन्त्र रहेका देशले व्यवसायको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् ।

बहुराष्ट्रिय कम्पनीले कम कर प्रावधानका फाइदा उठाउँदै आफ्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ताका माझ कर्पोरेट करसम्बन्धी सम्झौता अनुमोदन गरिएको हो । इटलीको रोममा चलिरहेको जी–२० सम्मेलनमा सहभागी नेताहरुले यो सम्झौतामा सहमति जनाएका हुन् । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता सन् २०२३ देखि लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।

सम्मेलनमा जलवायु परिवर्तन र कोरोना महामारी पनि छलफलकै केन्द्रमा छ । कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थिति जनाएको यो पहिलो कार्यक्रम हो। १९ वटा देश र युरोपेली सङ्घ सदस्य रहेको जी–२० समूहको सम्मेलनमा दुई जना नेता भने भौतिक रुपमा सहभागी छैनन् । चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सम्मेलनमा भर्चुअल सहभागिता जनाउनुभएको छ । स्कटल्यान्डको ग्लास्गोमा सुरु हुन लागेको विश्व जलवायु परिवर्तन सम्मेलन कोप–२६ सम्मेलन अघि जी–२० देशहरूको सम्मेलन भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com