ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न


एबीसी / संवाददाता
कार्तिक १२, २०७८ शुक्रबार  ६ : ५२ बजे

काठमाडौं । सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक आज भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र सुरक्षासम्बन्धी विषयमा सूचना आदानप्रदान गर्नेबारेमा छलफल भएको थियो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एशिया महाशाखा प्रमुख तीर्थराज वाग्लेले गर्नुभएको थियो भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाह्य मामिला मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र, गृह मन्त्रालयका साथै नेपाली सेना र भारतीय सेना तथा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरूको सहभागिता थियो ।

यसैबीच, नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरी नेपाल र भारतबीच विद्यमान सम्बन्धलाई अझ सुदृढ तुल्याउन उपयोगी रहेको तथा द्विपक्षीय सुरक्षा चसोका विषयलाई सम्बोधन गर्न फलदायी भएको जनाएको छ । दुई पक्षीय सुरक्षा चासोका विषयमा सहसचिवस्तरमा छलफल गर्न १८ वर्षअघि गठन भएको नेपाल–भारत परामर्श समूहको कोभिड–१९ को महामारीका कारण अघिल्ला दुई वर्ष हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com