काठमाडौं । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ ।उहाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै हुनुहुन्छ । नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लाग्नुभएको हो । नेकपा एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको थियो ।
कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले हिजै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । उहाले आज दिउ“सो सवा तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्