ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ


एबीसी / संवाददाता

काठमाडौं । दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन्

कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ । पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादव विरुद्ध गत गत भदौ १७ गते जाहेरी दिएकी थिइन् ।

सदायले ६१ वर्षमा पाए नागरिकता

सुखीपुर नगरपालिका– ६ का विशेश्वर सदायको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ । जीवनको उत्तराद्र्धमा आएर बल्ल नेपाली नागरिकता पाएपछि च्याउरी र ख्याटे परेको सदायको अनुहारमा ६१ वर्षपछि बल्ल खुसी फर्किएको छ ।

उहाँले भन्नुभयो “नागरिकता पाउने आश मारिसकेको थिएँ । ६१ बसन्त पार गरेपछि बल्ल नागरिकता पाएकोमा औधी खुसी लागेको छ । ” प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सदायलाई वंशज नागरिकता प्रदान गर्नुभएको थियो ।

“नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आए पनि विभिन्न बहानामा नागरिकता पाउनसकेको थिइन्”,सदायले भन्नुभयो,“अहिले आएर बल्ल नागरिकता पाएकोमा असाध्यै खुसी लागेको छ ।” बुढेसकालमा बल्ल नेपाली नागरिक भएको अनुभूति भइरहेको सदायको कथन छ ।
“नागरिकता नहुँदा राज्यको हरेक सेवासुविधा पाउनबाट वञ्चित थिएँ”, सदायले भन्नुभयो,“, घरको मूल व्यक्ति मै हुँ मेरो नागरिकता नहँुदा श्रीमती र छोराछोरीकोसमेत नागरिकता बन्न सकेको छैन् ।” बल्ल आफ्नो नागरिकता बनेपछि अब श्रीमती र छोराछोरीको नागरिकता बनाइ दिने सदायको भनाइ छ ।

गाउँमा दलितका लागि आउने सेवा–सुविधा पाउन नसकेपछि बल्ल नागरिकताको महत्व बुझ्नुभएका सदाय नागरिकता बनाउन धुप्रै ठाउँमा गुहारेको दुखेसो सुनाउनुभयो । “पहिला–पहिला नागरिकताको विषयमा राम्ररी बुझेको थिइन्,”, सदायले भन्नुभयो,“गाउँमा विभिन्न सङ्घ संस्थाले दलित परिवारका लागि राहतलगायतका सेवा सुविधा लिएर गाउँमा आउथ्यो, तर आफुसँग नागरिकता नहुँदा ती सेवा–सुविधाबाट वञ्चित हुनुपरेको थियो ।” अनि बल्ल नागरिकता बनाउने चेतना आफूमा आएको सदायको कथन छ । आफ्नो देशभित्रै पनि गैर नेपालीको व्यवहार खेप्दै आएका सदायले नागरिकता बनाइदिन नेतादेखि विभिन्न सङ्घ संस्थाका अगुवालाई गुहारेको तर नागरिकता बन्न नसकेको विगत सम्झिँदै अहिले नागरिकता पाएपछि आफू नेपाली भएको गर्व महसुस भइरहेको बताउनुभयो ।

निर्वाचनको समयमा आफ्नै वडाका धेरै व्यक्तिले जनप्रतिनिधि छनोट गर्न मत दिइरहँदा टुलुटुल हेरिरहने सदायले नागरिकता पाएसँगै नजिकैको निर्वाचन कार्यालयमा पुगेर मतदाता परिचयपत्रका लागि फोटो समेत खिचाएको जानकारीदिनुभयो । “अहिलेसम्म अरुले मत खसालेको देखेको मात्रै थिएँ”, उहाँले भन्नुभयो,“ अब आफू पनि मत खसालेर चाहेको जनप्रतिनिधि चुन्न पाउने भएको छु ।” आगामी निर्वाचनमा योग्य जनप्रनिनिधिको पक्षमा मतदान गर्ने उहाँको भनाइ छ ।

उहाँलाई अशिक्षित भएकामा त्यति पश्चातापमा नरहेका सदायलाई नागरिकताको अभावमा जन्मदत्र्ता गराउन र छोराछोरीलाई पढाउन नसकेकोमा पश्चाताप लागेको छ । “मेरो नागरिकता नहँुदा छोराछोरीको जन्मदत्र्ता बनाउन सकिएन्,”, उहाँले भन्नुभयो,“ विद्यालयमा भर्ना हुन जन्मदत्र्ता चाहिन्छ, छोराछोरीको जन्मदत्र्ता नुहुँदा विद्यालयमा भर्ना हुनसकेन् र कुनै पनि छोराछोरीले पढ्न पाएनन् ।” पढन नपाएका छोरा मजदूरी गरेर परिवार पाल्दै आएको उहाँले बताउनुभयो ।

छोराछोरीलाई पढाउन नसकिए पनि अब आफ्नो नागरिकतासँगै नातिनातिनाको पढाइएको बाटो खुलेकोमा खुसी लागेको सदायको कथन । गरिबी र अशिक्षाले पिल्सिएको सदायको परिवारमा नागरिकतासँगैं बेग्लै सुखी आएको सुखीपुरका स्थानीय सञ्जीव यादवले भन्नुभयो । “यो भन्दा पहिला सदायको परिवार यस्तो खुसी देखिएको थिएन्,”, उहाँले भन्नुभयो,“अहिले सदायसँगै उहाँको परिवारमा ठूलै उत्साह र खुसीयाली आएको हामीलाई आभाष भइरहेको छ ।” नागरिकतासँगै सदाय परिवारको अन्य बाटो समेत खुलेको यादवको कथन छ ।

नागरिकता प्रमाणपत्रका लागि सदायले संलग्न गरेको सबै कागजात हेर्दा नागरिकता दिनु उचित हुन्छ देखेपछि सदायलाई नागरिकता दिएको प्रजिअ कणेँलले बताउनुभयो । “विभिन्न कालखण्डमा नागरिकता बनाउन सदाय आएको तर नागरिकता नपाएको अवस्था थियो,” उहाँले भन्नुभयो,“कागजात देख्दा नागरिकता दिन मिल्ने देखिएपछि सदायलाई नागरिकता दिएका हौं ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com