काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको हो ।
सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाउनुभएको हो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ । सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको हांको भनाइ छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ । सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको उहांको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्