ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रसङ्घ र नेपालबीच अनुपम सम्बन्ध छ – रक्षामन्त्री डा रिजाल


एबीसी / संवाददाता

काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक प्रयास र दृढ शक्तिले नेपाललाई शान्ति सैनिकको देश भनेर परिचित गराएकामा गौरवको अनुभूति गराएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७६औँ स्थापना दिवसका अवसरमा नेपाली सेनाद्वारा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज आयोजित कार्यक्रममा उहाँले शान्ति सैनिकको अनुशासन, निर्देशनपालना र उच्चस्तरको व्यावसायिक कार्यले नेपाल राष्ट्रसङ्घको विश्वासिलो सहयात्री बन्न पुगेको बताउनुभयो । रक्षामन्त्री डा रिजालले भन्नुभयोे, “नेपाल सधैँ शान्ति सेनाको सङ्ख्या मात्र होइन, गुणस्तर वृद्धि गर्न जोड दिन्छ भन्नेमा विश्वास दिलाउँछु ।”

विश्वका द्वन्द्वरत मुलुकमा स्थापना भएका ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन् । हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनामा नेपाली सुरक्षा फौजले दिएको योगदान गौरवपूर्ण रहेको बताउँदै उहाँले आपसी विश्वास, सहयोग र सम्मानद्वारा राष्ट्रसङ्घ र नेपालबीच बलियो एवं अनुपम सम्बन्ध स्थापित भएको स्पष्ट पार्नुभयो ।

विश्वमा व्याप्त द्वन्द्व अन्त्य गर्न नेपाल संयुक्त राष्ट्रसङ्घ मिलेर काम गर्छ भन्ने प्रमाणका रुपमा शान्ति सेनामा धेरै सेना पठाउने सूचीमा नेपालको स्तरोन्नतिले पुष्टि गरेको उल्लेख गर्दै रक्षामन्त्री रिजालले नेपालको शान्ति प्रयासमा राष्ट्रसङ्घले गरिरहेका सहयोगको पनि प्रशंसा गर्नुभयो । नेपाल धेरै शान्ति सैनिक पठाउने मुलुको सूचीमा दोस्रो नम्बरमा छ ।

सबैसँग मित्रता, कसैसँग पनि वैरभाव नराख्ने मान्यतालाई नेपालले सधैँ पालना गरिहेको बताउँदै उहाँले राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानूनको उद्देश्य र सिद्धान्तप्रति दृढ विश्वास राख्दै आएको छ भन्नुभयो । राष्ट्र सङ्घको प्रयासमा शान्ति र मानवताका लागि योगदान दिने दिवङ्गत सैनिक र नागरिकप्रति श्रद्धाञ्जलि प्रकट गर्दै रक्षामन्त्री रिजालले घाइते सुस्वास्थ्यका लागि कामना गर्नुभयो ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आयसानी इलान्का मेडागान्डा लावेले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना र मानवीय सहायता कार्यक्रममा नेपालले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो । बलाध्यक्ष रथी बालकृष्ण कार्कीले संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाका अनुशासित, व्यावसायिक जनशक्तिले चुनौतीपूर्ण अवस्थामा पनि दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएको बताउनुभयो ।

नेपाली सेना शान्ति सेना निर्देशनालयका प्रमुख सहायकरथी सुदर्शन सिलवालले शान्ति सेनामा नेपालको गौरवमय इतिहास रहेको बताउनुभयो । यसअघि समारोहमा स्थापना दिवसका अवसरमा संयुक्त राष्ट्र सङ्घको झण्डोत्तोलनका साथै विश्व शान्ति स्थापनाका सिलसिलामा वीरगति प्राप्त शान्ति सैनिकको सम्मानमा त्यहाँस्थित शान्ति स्मारकमा पुष्पहार अर्पण गरियो ।

त्यस अवसरमा कङ्गोमा शान्ति स्थापना कार्यमा खटिरहेकै अवस्थामा विद्रोहीको आक्रमणमा परी वीरगति प्राप्त गरेका मानार्थ प्रमुख सेनानी कवीन्द्रजङ्ग थापालाई राष्ट्र सङ्घद्वारा प्रदान गरिएको ‘ड्याग ह्यामर शोल्ड मेडल’ उहाँका परिवारका तर्फबाट उक्त केन्द्रलाई हस्तान्तरण गरियो ।

समारोहमा वीरगति प्राप्त प्रमुख सेनानी थापाकी श्रीमतीलाई नेपाली सेनाका तर्फबाट प्रशंसापत्र प्रदान गरियो । रक्षा सचिव, परराष्ट्र सचिव, पाँचखाल नगरपालिकाका प्रमुख, नेपालस्थित कूटनीति नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घका विभिन्न नियोगमा काम गर्नुभएका पूर्वपदाधिकारी तथा शान्ति मिसनमा काम गर्नुभएका पूर्वसुरक्षाकर्मी कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवस ९अक्टोबर २४० का अवसरमा नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गरेको हो ।

संयुक्त राष्ट्र सङ्घ र नेपाल

विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्र सङ्घको स्थापना भएको हो । नेपालले भने सन् १९५५ डिसेम्बर १४ ९विसं २०१२ मङ्सिर २९०मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेको थियो । हाल राष्ट्र सङ्घका १९३ सदस्य र दुई पर्यवेक्षक मुलुक छन् । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा मुख्यालय रहेको राष्ट्र सङ्घका हालका महासचिव एन्टोनियो गुटेरेस हुनुहुन्छ ।

संयुक्त राष्ट्र सङ्घको सबैभन्दा महत्वपूर्ण अङ्ग सुरक्षा परिषद्मा अमेरिका, चीन, रुस, बेलायत र फ्रान्स सदस्य छन् । नेपालसँग सन् १९६७–१९६८ र १९८८–१९८९ मा सुरक्षा परिषद्को अस्थायी सदस्यका रुपमा काम गरेको अनुभव छ । उक्त परिषद्मा १० मुलुक अस्थायी सदस्य छन् । संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाएर योगदान पु¥याउँदै आएको छ ।

शान्ति स्थापनाका सिलसिलामा ६८ नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ गम्भीर घाइते भएको सेनाले जानकारी दिएको छ । अहिले शान्ति सैनिक धेरै सङ्ख्या पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो वरियतामा छ । राष्ट्र सङ्घबाट माग भई आएमा नेपालले १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।

सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग गर्ने उद्देश्यले राष्ट्र सङ्घ स्थापना भएको हो । संयुक्त राष्ट्र सङ्घले नेपालको शिक्षा, स्वास्थ्य, गरिबी निवारण, क्षमता अभिवृत्तिलगायत मानवीय सहायताका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com