ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही दिनमै अध्यक्ष बन्दै प्रचण्ड


sharan sharan

काठमाण्डौं, २१ पुस । पाटि एकता बारे विभिन्न हल्ला फैलिरहेको वेला एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया भित्रभित्रै निस्कर्ष नजिक पुगेको खुलासा भएको छ ।
एकता संयोजन समितिको बैठक बस्न नसके पनि दुई दलका शीर्ष नेताबीच अनौपचारिक छलफल नियमित रुपमा भइरहेको र एकता टुंगो नजिक पुगिसकेको एमालेका एक नेताले बताएका छन्। स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले सरकार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्व गर्ने समझदारी उच्च तहमा भइसकेको छ ।

सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा दुई दलका दोश्रो र तेश्रो पुस्ताका नेताबीच पद भागबण्डाका विषयमा जुहारी चलिरहेका बेला शीर्ष नेताको तहमा भने कुरा मिलिसकेको उनले बताए । माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले दुई नेताबीच कसले कुन पद लिने भन्ने विवादका कारण एकतामा बिलम्ब नभएको दाबी गरे । ‘पदका कारण एकतामा ढिलाइ भएको होइन’, उनले संचारकर्मी भने, ‘कमरेड केपी ओलीले सरकारको र कमरेड प्रचण्डको पार्टीको नेतृत्व गर्ने सहमति भइसकेको छ ।’ यद्यपि औपचारिक रुपमा सहमति सार्वजनिक नहुँदा कतिपय नेता र कार्यकर्तामा भ्रम पर्न गएको हुनसक्ने उनले बताए । बस्नेतले दुई दलबीच ओली र प्रचण्डलाई समान नेताको हैसियत दिने सहमति यसअघि नै भइसकेकाले त्यसमा विवाद नभएको र बाहिर हल्ला भएका विषय अनर्गल भएको दाबी गरे ।

ओलीले नै प्रचण्डलाई पार्टी अध्यक्ष प्रस्ताव गर्ने दाबी पनि बस्नेतले गरे । ‘ओली कमरेडको अस्वस्थताले गर्दा छलफलमा ढिलाइ भएको हो’, उनले भने, ‘हेर्दै जानुस् उहाँ (ओली) ले नै प्रचण्डलाई पार्टी अध्यक्षको प्रस्ताव गर्नुहुन्छ ।’ एमाले नेता सुवास नेम्वाङले पनि अब दुई दलबीचको एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने दाबी गरे । बाहिर चर्चा भएजस्तो एकता प्रक्रियामा कुनै जटिलता नरहेको उनले बताए । ‘पदको विवाद गौण हो’, उनले भने, ‘चुनावअघि नै एकता गर्ने भनेर हामीले भनिसक्यौं, जनताले एकतालाई अनुमोदन गरिसकेकाले कसैले चाहेर पनि एकता भाँडिन सक्दैन ।’ यद्यपि एकता भाँड्न सक्रिय तत्वले विभिन्न हथ्कण्डा अपनाइरहेको उनले जनाए । निर्वाचनमार्फत जनताले सरकारको नेतृत्व गर्ने म्याण्डेट बाम गठबन्धनलाई दिएको भए पनि सत्ता छाड्न काँग्रेसले गरिहरेको आनाकानीलाई बाम गठबन्धन तोड्न सकिन्छ कि भन्ने अभिप्रायका रुपमा आफूहरुले बुझेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com