ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्ता मध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता


एबीसी / संवाददाता
कार्तिक ५, २०७८ शुक्रबार  ४ : ५३ बजे

काठमाडौं । खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्ता मध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त पार्टीका नेता तथा कार्यकर्ताले गुण्डाशैलीमा कार्यालय प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । लाठी, भाटासहित कार्यालय पुगेका दर्जनौँ कार्यकर्ताले प्रमुखलाई जबर्जस्ती कार्यालयबाट थुतेर बाहिर ल्याई कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरुले कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा कुटपिट गर्दै घुमाएका थिए ।

सो घटनामा सम्लग्न १७ जना नेता/कार्यकर्तामाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतका अनुसार उक्त पार्टीका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत सङ्घका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

उहाँले भन्नुभयो, “यस मुद्दामा अभियुक्तहरूलाई क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र रु ४० हजारसम्म जरिवाना हुनसक्छ ।” बाँकी पक्राउ गरिएका ४५ जनालाई बिहीबार अबेर राति हिरासमुक्त गरिएको थियो । यता मुद्दा दर्ताको विरोधमा पार्टीका अध्यक्ष राउतको निर्देशनमा उनका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com