ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयरज्यू ! बाटो कहिले बन्छ ?


एबीसी / संवाददाता

काठमाडौं । गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो ।नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने समय पारेर बिहान ९ बजेदेखि नै सडकमा अवरोध खडा गरिएको थियो । सडक सुधारका लागि नगरप्रमुखसहित सरोकार भएकाको ध्यान खिच्न स्थानीयवासीले सडक बन्दको सहारा लिएका थिए ।नगरप्रमुख गैरे अबेरसम्म नआएपछि वडा नं ६ का वडाध्यक्ष नरबहादुर खत्री र ३ का वीरजङ्ग भण्डारीलगायतसँग स्थानीयवासीले आक्रोश पोखे । जनताको मतबाट चुनिएका नगरप्रमुखले स्थानीयवासीको समस्यालाई अनदेखा गर्न नमिल्ने आवाज उठ्यो । स्थानीय नौबीसे टोलका महिलाले सडक स्तरवृद्धि नहुँदा वर्षात्मा हिलो र हिउँदमा धुलो सहनुपर्दाको पीडा सुनाए । विरोधको नेतृत्व गरिरहेका युवाहरु र जनप्रतिनिधिबीच केहीबेर सवालजवाफ नै चल्यो । यातायात सञ्चालनमा अवरोध सिर्जना भएपछि प्रहरी पनि त्यहाँ आइपुग्यो ।

प्रहरीले सडक बन्द गर्नु कानुनविपरीत हुने जनाउँदै अवरोध खोल्न कोसिस ग¥यो । युवाहरुले मानेनन् । नगरप्रमुख आएर सडक बनाउने प्रतिबद्धता नगरुञ्जेलसम्म विरोध जारी राख्ने अड्डी कसे । अन्ततः नगरप्रमुख गैरेले स्थानीयवासीको विरोधलाई छल्न सक्नुभएन । उहाँ आएपछि जनप्रतिनिधि, ठेकेदार र स्थानीयवासीबीच छलफल भएपछि वातावरण केही सङ्लियो । उक्त सडक यथाशीघ्र ममर्त, सुधार र दशैँपछि स्तरोन्नति नै गर्ने प्रतिबद्धता आएपछि स्थानीयवासी सडकको अवरोध हटाउन तयार भए । अपरान्ह ४ बजेतिर बल्ल सडकको अवरोध हट्यो । यसअघि ‘मेयरज्यू बाटो कहिले बन्छ रु’ भन्ने नारासहितका पोस्टर प्रदर्शन गर्दै स्थानीयवासी विरोधमा निस्केका थिए । सडकमा गरालो तेर्साएर उनीहरुले यातायात सञ्चालनमा रोक लगाएका थिए । विरोध कार्यक्रमको अगुवाइ गर्ने युवामध्येका बेन सुनारले नगरपालिका, स्थानीय प्रशासन र सडक निर्माण कम्पनीको ध्यानाकर्षण गराउने आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।

“सुरुमा हामी युवाहरु निस्कियौँ, पछि स्वतःस्फूर्तरूपमा स्थानीयवासी जुट्नुभयो”, उहाँले भन्नुभयो, “वर्षौँसम्म पनि सडकको बेहाल भएपछि विरोध गर्नुपरेको हो, त्यो हाम्रो बाध्यता थियो ।” नगरपालिकाको केन्द्र जोड्ने सडक नै स्तरहीन हुनु दुःखद् रहेको स्थानीयवासीको गुनासो छ । उक्त सडक भएर यातायातका साधन मात्र होइन, विद्यार्थीदेखि बटुवासम्मले जोखिम मोलेर पैदल हिँड्नुपर्ने स्थिति छ । वडा नं ३ को हटिया बजार कटेपछि नगरपालिकाको केन्द्र पुग्ने उक्त सडकको सामान्य मर्मतसमेत नहुँदा सर्वसाधारणमा आक्रोश बढेको हो । वर्षायाममा त सडक हिलाम्मे भइ क्षतविक्षत नै हुने गरेको छ । सो सडक हटियादेखि, हरिचौर–ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडक अन्तर्गत पर्छ ।

स्थानीयवासीको विरोध र दबाबपछि सडक निर्माणको जिम्मा लिएको एपेक्स खड्का कृष्ण जेभी काठमाडौँका प्रतिनिधि, नगरप्रमुख र उपभोक्ताबीच छलफल गरेर समाधान निकालिएको वडाध्यक्ष खत्रीले बताउनुभयो ।उहाँका अनुसार तत्काललाई गिट्टीरोडा बिछ्याउने, खाल्डाखुल्डी पुर्ने काम भएको छ । “दशैँपछि ठेकेदार कम्पनीले सडक स्तरवृद्धि गर्ने प्रतिबद्धता जनाइसकेको छ, अहिलेलाई स्थानीय युवाहरुकै पहलमा सडकको सामान्य मर्मत सुधार भएको छ, त्यो बापतको भुक्तानी नगरपालिकाले व्यहोर्छ ।”

वडाध्यक्ष खत्रीले सडक बिग्रेर सास्ती दिन थालेपछि दशैँअगावै मर्मतका लागि नगरपालिकाले योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीले पनि झक्झक्याउनुभयो, यसलाई अन्यथा लिएका छैनौँ, बरु, सडक बन्द नगरी अन्य विकल्प अपनाएर विरोध जनाएको भए हुन्थ्यो भन्ने हाम्रो सुझाव रह्यो ।” ठेकेदार कम्पनीले विसं २०७८ कात्तिकभित्रमा काम सक्ने गरी रु २४ करोड ७८ लाख ८४ हजारमा सो सडक बनाउने जिम्मा पाएको थियो । निर्माण कम्पनीले सडक स्तरोन्नतिको कामलाई गति नदिए पुनः विरोधमा उत्रने स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com