काठमाडौं । आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ ।
संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ । संघीय संसदका महासचिव डा.भरतमणि गौतमबाट जारी विज्ञप्तिमा २०७८ साल असोज १८ गते सोमबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको छ ।
संसदमा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्रही भएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्