काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालबाट जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।
अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड–१९ को सङ्क्रमण कायमै रहेकाले नजिकिदै गरेका चाडपर्वहरु पनि साङ्केतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।







प्रतिक्रिया दिनुहोस्