ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रालयको भागवण्डा भोलि नै हुन्छ– अध्यक्ष ‘प्रचण्ड’


एबीसी / संवाददाता
आश्विन १३, २०७८ बुधबार  ६ : २८ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल विस्तारलाई लिएर भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो । प्रधानमन्त्री देउवाले यसअघि नै सत्तासाझेदार दलहरूसंग मन्त्री बन्नेहरुको नाम दिन माग गर्नुभएको थियो । सत्ता गठबन्धनभित्र कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५/५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ । दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसंगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको हो ।

प्रधानमन्त्री देउवाले भोलीसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । उहाले आज बेलुकासम्ममा आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आग्रह गर्नु भएको छ । माओवादी केन्द्रले आज अबेरसम्ममा स्थायी कमिटी बैठकमार्फत मन्त्रीको नाम टुंगाउने तयारी गरेको छ । यता नेकपा एकीकृत समाजवादीले सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा पठाउने नाम लगभग टुंगो लगाएको छ ।

एकीकृत समाजवादीबाट सरकारमा जाने अन्य नेतामा रामकुमारी झा“क्री, मेटमणी चौधरी, प्रेम आले र जीवनराम श्रेष्ठ छन् । तर अर्को सत्तासाझेदार घटक जनता समाजवादी पार्टीले भने मन्त्रालयको भागवण्डा नटुंगिएको भन्दै मन्त्री बन्नेहरुको नामावली तय गरेको छैन । सम्भवतः भोलि नै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालयको भागवण्डा टुंग्याउने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com