ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण अफ्रिकामा रेल दुर्घटना चार जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते


sharan sharan

अफ्रिका, २० पुस । दक्षिण अफ्रिकामा विहीबार भएको एक रेल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका चिकित्सक तथा प्रत्यक्षदर्शीले एएफ्पीसँगको कुराकानीमा बताएका छन् ।द्रुतगतिमा रहेको रेल एक मालवाहक ट्रकसँग ठोक्किँदा उक्त दुखद् घटना भएको प्रहरीले जनाएको छ ।


जोहानेसवर्गबाट करिब २०० किलोमिटर दक्षिणपश्चिममा अवस्थित क्रुनस्टाड नजिकै भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बढी यात्रु गम्भीर घाइते भएका छन्,चिकित्सकले ट्वीटरमार्फत बताएका छन् ।

घटनास्थलमा तत्काल पुगी प्राथमिक उपचार दिइरहेको ९११ नेटकेयर आपतकालिन स्वास्थ्य सेवाका चिकित्सकले केही गम्भीर घाइतेलाई प्राथमिक उपचारपछि अस्पताल पठाइएको बताए । घाइतेमध्ये केही जनालाई गम्भीर चोट लागेकाले मृतकको सङ्ख्यामा थप वृद्धि हुने जनाइएको छ ।

यसैबीच अमेरिकी समाचार संस्था एपीले घाइतेको सङ्ख्या १०० भन्दा बढी भएको संक्षिप्त समाचार दिएको छ ।

स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले दुर्घटनास्थलबाट प्राप्त रेलमा आगलागीसमेत भएको र रेलका डब्बाबाट धुँवाको कालो मुस्लो निस्केका दृश्य सार्वजनिक गरेका छन् ।

अफ्रिकामा नयाँ बर्षको अवसरमा आफ्ना घर तथा विदा मनाउन विभिन्न गन्तव्यमा गएका नागरिक काममा फर्किने क्रम जारी रहेका कारण यतिबेला सवैतिर यातायातका साधनमा भीडभाड हुने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com