काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा पहिले निर्माण गरिएको कार्यदलमा शंकर पोखरेललाई थप गर्ने र संयोजकमा रावललाई बनाउने निर्णय गरेको हो ।
कार्यदलमा पहिलेदेखि नै ६ जना हुनुहुन्थ्यो र त्यसमा एक जना शंकर पोखरेललाई थप गरी सात बनाइएको छ,एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले भन्नुभयो ,कार्यदलका संयोजक रावलले मंगलबार नै त्यसको बैठक बोलाउनु भएको छ ।एमालेका विवादरत नेताहरुबीच असार २७ गते १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ गते पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो । तर केही स्थानमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेका असन्तुष्टि रहेको थियो । धेरै ठाउँमा सहज रुपमा कार्यान्वयन भएको छ । केही स्थानमा समस्या देखिएको छ । त्यहाँ पनि समस्या समाधान उन्मुख छन् । यसलाई जिम्मेवारी दिएको साथीहरुले हल गर्ने भनेर अध्यक्षले निर्देशन दिनुभएको छ, भट्टराईले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्