काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताउनुभएको छ । सोमवार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाचौं साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताउनुभएको हो । उहा“ले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहा“ जम्मा गरेर राख्ने भन्ने मुख्य विषय रहेको बताउनुभयो । उहा“ले आगामी दिनहरुमा गुणस्तर परीक्षण गर्ने कुरालाई ठूलो बनाएर अघि बढ्ने बताउनुभयो । कृषि विकास सचिव आचार्यले नेपाली आयातकर्ताहरुले पछि दिएपनि हुने मललाई समय भन्दा अघि नै दिएको बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलको कुरा गर्दा फार्म, फर्म र फ्याक्ट्री आवश्यक रहेको बताउनुभयो । यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको उहाले औंल्याउनुभयो । जसको काम मलखाद तथा साल्ट ट्रेडिङले गरिरहेको बताउँदै उहा“ले किसान र फार्म तथा फार्म र फ्याक्ट्री जोड्ने काम व्यवसायीहरु भएकोले दत्तचित्त भएर लागि पर्नुपर्ने बताउनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाउनुभयो । उहा“ले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गर्नुभयो । उहा“ले सबैलाई समेटेर प्रादेशिक समूह बनाउन पनि मलखाद संगठनलाई अनुरोध गर्नुभयो । प्रवन्ध सञ्चालक भण्डारीले नाफाका लागि नभएर सबै डाटाहरु स्पष्ट बनाएर ब्यवहारले आफ्नो स्थान मजबुत बनाउन सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्