काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचिमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ । सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिव २१/२२ अर्ब कालोधनलाई बैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उहांले अव नेपाललाई नै सरकारले कालोसूचिमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनु भएको हो ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संचारकर्मीस“ग कुरा गर्दै सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सुचारु गराउन पहल नगरेको तर्क समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्