काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले संसदलाई २÷२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गर्नुभयो ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिनु भयो । अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौं भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहो¥याउनु भयो । भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको भन्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्