काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि अवरोध जारी राखेको छ ।दिउ“सो सवा २ बजे संसद भवन नया“ बानेश्वरमा शुरुभएकोे बैठकको सुरुमै उठेर एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिदै नाराबाजी गरेका थिए । एमाले सांसदहरुले पा“च दलीय गठबन्धन सरकारले कालोधनलाई वैधानिक दिने गरी बजेटमा प्रावधान राखेको भन्दै आपत्ति जनाएका थिए् ।
एमाले सांसदहरुको नाराबाजीबीच सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । त्यसपछि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ’आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो । एमाले सांसदको नाराबाजीबीच तीनवटा कार्यसूचीमा प्रवेश गरेको बैठक सभामुख सापकोटाले असोज १४ गते बिहीबार दिउ“सो १ बजेसम्मलाई स्थगित गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्