काठमाडौं । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासंग आग्रह गरेको छ । अब एक दुई दिनमै सरकारले पूर्णता पाउने दाबी पनि गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलको बैठकमा नेताहरुले सरकारलाई पूर्णता नपाउ“दा गलत सन्देश गएको भन्दै केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।
दल विभाजनका लागि सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद हु“दा सरकारले नै पूर्णता पाउन नसकेको हो । अध्यादेश कायम रह“दासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने अडान जनता समाजवादी पार्टी (जसपा) को रहेकाले सरकारले पूर्णता पाउन नसकेको हो । उक्त अध्यादेश भने २३ भदौमा प्रतिनिधिसभामा टेबल गरिएको छ । अध्यादेशको टुंगो गरेर सरकारको काम कार्वाही चुस्त बनाउन नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएका हुन् ।
बैठकमा प्रधानमन्त्री देउवाले भने मन्त्री बन्नेहरूको नाम नेताहरुस“ग माग्नुभएको थियो । हाल सरकारमा सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका तर्फबाट चार तथा माओवादीका तर्फबाट दुई जना मात्रै मन्त्री छन् । मन्त्री नहु“दा मन्त्रालयको काममा असर परेको कर्मचारीहरुले बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्