काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ ।
उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्नु भयो । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उहाँले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशीयाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराउनु भयो । उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गर्नु भयो ।
उपमहासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावी समेत गर्नु भयो । उहाँले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौति गरेको भन्दै असन्तुष्टि समेत जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्