ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रसंघको महासभामा सहभागी भएपछि ब्राजिलका स्वास्थ्य मन्त्री सङ्क्रमित


एबीसी / संवाददाता

ब्राजिल । ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उहाँलाई सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो ।टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको, तर सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन ।

ब्राजिल सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले सङ्क्रमित हुनुभएका स्वास्थ्य मन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाउनु भएको थियो । राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएका मध्ये सङ्क्रमित हुनेमा उहाँ दोस्रो व्यक्ति हुनुभएको छ । सङ्क्रमित ५५ बर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्युयोर्कमै आइसोलेसनमा बस्नु भएको समाचारमा जनाइएको छ । तर टोलीमा सहभागी भएर पनि सङ्क्रमण पुष्टि नभएका अन्य भने ब्राजिल फर्किसकेका छन् ।राष्ट्रपति बोल्सोनारो यात्राका क्रममा मास्क बिना देखिनु भएको र उहाँले अहिलेसम्म खोप पनि लगाउनु भएको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्यमन्त्री क्वैरोगासँगै रहनु भएका बोल्सोनारोले महासभाका क्रममा अन्य देशका शिर्ष नेताहरुसँग पनि भेटवार्ता गर्नु भएको थियो । तर अहिलेसम्म पनि उनीहरुलाई सङ्क्रमण भएको जानकारी नआएको वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौं, २२ साउन । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ, २२ साउन । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका छन् । उनले नियमित सरकारले जस्तो

ठाकुर र यादवसँग सिके राउतको भेट

काठमाडौं, २२ साउन। सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ

सम्बन्धित

भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित

ताइवानबाट अमेरिकी सभामुख फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान

पेलोसीले ताइवान छाडेसँगै बढ्यो सैन्य टक्करको जोखिम

न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा, लडाकु विमान तैनाथ

चिनियाँ चेतावनीका बावजुद अमेरिकी सभामुख पेलोसी ताइवान पुगिन्

अमेरिकी ड्रोन आक्रमणमा अल कायदाका नेता अल जवाहिरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com